सुनको मूल्य ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

६ असार २०७८, आईतवार ११:४२

काठमाडौँ । आज आइतबार सुनचाँदीकोे मूल्यमा गिरावट आएको छ । एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।

सुनको मूल्य तोलामा ८ सय रुपियाँ घटेर ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैंया पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपियाँ कायम गरिएको छ ।

गत शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपियाँ कायम गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*