एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

६ असार २०७८, आईतवार १२:०२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत व्याजदरमा आजदेखि ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले १० वर्षको अवधि रहेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आज (असार ६) गतेबाट निष्काशन तथा बिक्री खुला गरेको हो ।

जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिने जनाइएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार सो ऋणपत्र खरिदका लागि असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा असार २० गतेसम्म अवधि लम्बिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाएको छ ।

लगानीकर्ताले सो ऋणपत्रका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*