एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामीमा

६ असार २०७८, आईतवार १३:०५

काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको बिक्रि खुल्ला गरेको छ।बैंकले आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले  आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५, मेरोको ५९ हजार ६ सय ६८ र महुलीको ५५ हजार ५ सय ७० कित्ता सेयर लिलामी बिक्रि गर्न लागेको हो।

बैंकको स्वामित्वमा रहेको लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४ सय ७७ रुपैयाँ, मेरोको शेयरमा ५ सय ७५ रुपैयाँ र महुलीको शेयरमा न्यूनतम ७ सय ६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

बैंकले लिलामीमा राखेको लघुवित्तमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । बैंैकको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*