स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

६ असार २०७८, आईतवार १३:२८

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज देखि १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । लघवित्तले नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६ सय ५३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७ सय ५० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्ने हुन्छ ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आजदेखि असार १५ गतेसम्म आवेदन दिन सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*