नेपाल बैंकले तीन अर्ब माथि रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बैंकले मुद्दती निक्षेपमा तीन अर्ब २० करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रष्टमा रहेको उक्त रकम मुद्दती खातामा लगानी गर्न लागेको हो ।
बैंकले ३ महिना अवधिको उक्त रकम लगानी गर्न लागेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर प्रस्ताप पेश गर्न आग्रह गरेको छ।
उक्त प्रस्तावमा असार ८ गते, मंगलबार दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्नुपर्ने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख रहेको छ ।