नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

६ असार २०७८, आईतवार १३:५२

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्रि खुला भएको छ ।

बैंकको स्वामित्वमा रहेको उक्त शेयरमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ४४ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्ने हुन्छ ।बैंकको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*