राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, बाँडफाँडमा नपरेको पैसा फिर्ता

६ असार २०७८, आईतवार १४:००

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिभेञ्चर, २०८३ नामक नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सो ऋणपत्र असार २ गते बाँडफाँड भएको सूचना जारी गरेको छ ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो ।
बैंकले यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।बैंकको सो नामको ऋणपत्रको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ताले हुन आउने ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने १ अर्ब ऋणपूँजी रकम सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरेको हो ।बाँडफाँडमा नपरेको पैसा फिर्ता शिघ्र रुपमा गराउने बैंकले जनाएको छ ।

आवेदकहरुले बाँडफाँड सम्बन्धि विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरो शेयरमा लगइन गरेर हेर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*