रिलायबल नेपाल लाइफको आइपीओले कति पायो रेटिङ?

६ असार २०७८, आईतवार १४:५२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आइीपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो ।

सर्वसाधारणको आइपीओप्रति आकर्षण बढिरहेको समयमा कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले बिक्री प्रबन्धकमा रुपमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीले असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आइपीओ निष्काशनको विशेष प्रस्ताव समेत पारित गरिसकेको छ । कम्पनीका अनुसार साधारणसभा सम्पन्न भएसँगै नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशनको लागि प्रक्रिया अघि बढाउने जानकारी गराएको छ ।

कम्पनीको हालको चुक्तापूँजि १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्ड र बीमा समितिबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्काशन गर्नेछ ।

One thought on “रिलायबल नेपाल लाइफको आइपीओले कति पायो रेटिङ?

  1. ऋषिप्रसाद लामिछाने says:

    कुनै पनि काम राम्रो विचारले गरेमा अवश्यै पनि राम्रै हुन्छ भन्ने मान्नेता सर्वत्र लागुहुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*