नबिल बैंकद्धारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

६ असार २०७८, आईतवार १६:२७

 

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने सम्बन्धि प्रस्ताव पारित भएको छ ।

असार ५ गते शनिबार आयोजित दुवै कम्पनीको साधारण सभाले युनाइटेड फाइनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात् १००ः३५ स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको हो ।

नेप्सेमार्फत्  नबिल बैंकले जारी गरेको सूचनाअनुसार युनाइटेड फाइनान्सका शेयरधनीहरुले अब १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता शेयर पाउनेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ ।

 

नेप्सेमार्फत् बैंकले जारी गरेको सूचना ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*