पछिल्लो २४ घण्टामा २४४२ कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पीसीआर परिक्षण गर्दा १४ सय ४१ जनमा संक्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी कुल २४४२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
त्यस्तै कोरोना जित्नेहरुको संख्या संक्रमण संख्या भन्दा बढेको छ । पछिल्लो २४ घण्टामा मात्र ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनाएको छ ।