बीमा समितिद्वारा गोप्य अन्तरक्रिया सम्पन्न

९ श्रावण २०७८, शनिबार २२:३०

काठमाडौं । बीमा समितिले शुक्रवार गोप्य रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । माफियाको सेटिङको योजना अनुसार लुकाएर हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गरेको बीमा समितिले पछिल्लो समय अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गोप्य रुपमा आयोजना गर्न थालेको छ ।

शुक्रबार बीमा समितिको आयोजनामा इन्स्योरेन्स इन्स्टिच्यूट नामक संस्थामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूटका सिईओ तथा बीमा समितिका सल्लाहकार भोजराज शर्माले कार्यक्रम गोप्य भएकोले कोही कसैलाई प्रवेश नदिने भन्दै फर्काएका थिए । नक्सालस्थित प्रहरी प्रधान कार्यालय अगाडि भर्खरैदेखि सञ्चालनमा आएको इन्स्योरेन्स इन्स्टिच्यूटमा पहिलो पटक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । बीमा समितिका सल्लाहकार शर्माले अत्यन्तै गोप्य भनेको कार्यक्रम अन्तरक्रिया भएको खुलेको छ । राज्यको सार्वजनिक निकायको बजेट खर्च गरेर गरिएको कार्यक्रम समेत गोप्य रुपमा आयोजना हुन थालेपछि पारदर्शिता, जवाफदेहिता सम्बन्धमा बीमा समितिको नियतमाथि प्रश्न चिन्ह खडा भएको छ ।

गोप्य रुपमा गरिएको अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललगायतका बीमा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै बीमा कम्पनीका अण्डरराईटिङ विभागका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

2 thoughts on “बीमा समितिद्वारा गोप्य अन्तरक्रिया सम्पन्न

  1. Sarakari nikaya vayera tyasto goppya ke vayeko ho ? janatale janna paunu parne hoinara ?

  2. Damaru ballav ghimire says:

    [email protected]

Leave a Reply to [email protected] Cancel reply

Your email address will not be published. Required fields are marked *


*