बीमा शुल्क नलिई, खातामा जम्मा नभई बीमा पोलिसी जारी गरेको भेटिएमा कारवाहीः बीमा समिति

११ श्रावण २०७८, सोमबार ०९:२९

काठमाडौं । बीमा समितिले बीमक कम्पनीले बीमितबाट बीमा शुल्क प्राप्त नगरी उधारो तथा चेक लिएकै भरमा बीमा पोलिसी जारी नगर्न पुनः सूचित गरेको छ । बीमा समितिले आज प्रकाशित सरकारी मुखपत्र गोरखापत्र दैनिक सहितका पत्रपत्रिकामा सूचनामार्फत बीमा शुल्क बीमक कम्पनीको खातामा वा नगद प्राप्त नभई बीमा पोलिसी जारी गरेको पाइएमा कारवाही गर्ने उल्लेख छ ।

बीमा समितिले बीमा ऐन २०४९ को दफा २७ मा उल्लेख भएको बीमा शुल्क प्राप्त नभएसम्म जोखिम स्वीकार गर्नु हुँदैन भन्ने व्यवस्थाप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराउँदै पुनः सचेत गराएका हो ।

त्यसो त बीमा समितिले गत असारमा लिखित निर्देशन नै दिएर बीमा शुल्क खातामा जम्मा नभएसम्म बीमा बीमा पोलिसी जारी नगर्न जीवन तथा निर्जिवन दुवै बीमा कम्पनीहरुलाई सूचित गराएको थियो ।

3 thoughts on “बीमा शुल्क नलिई, खातामा जम्मा नभई बीमा पोलिसी जारी गरेको भेटिएमा कारवाहीः बीमा समिति

  1. Chitra says:

    यहि काम त छ ३ हप्ता ‌‌भयाे किन िबिमा गर्छौ ितिमिहरू भन्छन् कार्वाही कसले गर्छ बिमा अब no one will do insurance. Without vision this is done for the public support

  2. MNS says:

    Pahile corona ko paisa paiyos ke ko natak ho yo aaile samma payeko xaina paisa ??

  3. Rajkumar says:

    Krishi beema ko paisa ako chaina bhanera claim dilo garxan yi company.. paisa tirisakeko thea.. doc. Sab liye ani 2 mahina ma palo aauxa re paisa pauna.

Leave a Reply to MNS Cancel reply

Your email address will not be published. Required fields are marked *


*