एशियन लाइफद्वारा एकैदिन दुई नयाँ शाखा विस्तार, चाबहिल र नयाँ बानेश्वरमा थपियो शाखा

२५ श्रावण २०७८, सोमबार २३:४८

काठमाडौं । राजधानी काठमाडौंमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन दुर्ई नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्सका दुई नयाँ शाखाको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

सर्वसाधारणलाई आमन्त्रित नगरी कम्पनीका कर्मचारीका बीचमा दुई नयाँ शाखा उद्घाटन गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । उक्त दुई शाखा कम्पनीको ४१ औं र ४२ औं भएको जनाएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले काठमाण्डौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा नयाँ शाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले जानकारी दिए ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको समेत उपस्थितिमा शाखा कार्यालय उद्घघाटन गरिएको कम्पनीले जनाएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दशैभरि सञ्जाल विस्तार भइसकेको छ । हाल कम्पनीले ४२ शाखा र १०६ उपशाखामार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ । यस बाहेक सयौं एजेन्सी कार्यालय देशैभरि सञ्चालित छन् ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी सहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*