जन्मदिनमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार

१५ असार २०८३, सोमबार १४:४४

काठमाडौं । जन्मदिनको अवसरमा आईएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर कृष्णकुमार श्रेष्ठले आफ्नी श्रीमती पुष्पा श्रेष्ठलाई २५ लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार दिएका छन्।

जन्मदिनलाई विशेष र अर्थपूर्ण बनाउँदै उनले जीवन बीमामार्फत परिवारको आर्थिक सुरक्षा र भविष्यप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै आइएमई लाइफको जीवन बीमा पोलिसी उपहारस्वरूप दिएको बताएका छन्।

श्रेष्ठका अनुसार जीवन बीमा केवल आर्थिक योजना मात्र नभई परिवारप्रतिको माया, जिम्मेवारी र भरोसाको प्रतीक पनि हो। जीवनका हरेक परिस्थितिमा आर्थिक सुरक्षा आवश्यक हुने सन्देश दिन उनले यस्तो उपहार रोजेको बताए।

पछिल्लो सयम विवाह, व्रतबन्ध, जन्मदिन, न्वारण जस्ता पर्वहरूमा अनावश्यक खर्च गर्ने र महंगो अनि क्षणिक सुखको उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने चलन दिनानुदिन बढ्दै गइरहेको छ। सिनियर एजेन्सी म्यानेजर श्रेष्ठले पनि यसैलाई निरन्तरता दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*