सुन तोलामा ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

११ आश्विन २०७८, सोमबार ११:३४

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम गरिएको छ ।

हिजो आइतबार स्थिर रहि छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, हिजो १ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*