थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मूत्यु

११ आश्विन २०७८, सोमबार १६:५४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनामा पीसीआर र ३ हजार ४०७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा देशभरमा ७ जना संक्रमितको मुत्यु भएको छ भने १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन ।
हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*