आई पे ल्यायो ‘आई पे आयो, दक्षिणा पायो’ अफर, १ लाख रुपैयाँ जित्ने मौका

१५ आश्विन २०७८, शुक्रबार १३:०५

काठमाडौं । आई पे रेमिट प्रा.लि. ले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ अफर ल्याएको छ ।

उक्त योजना अन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार रुपैयाँ, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप ५ हजार रुपैयाँ र बम्परमा १ जना भाग्यशाली बिजेताले दक्षिणास्वरुप १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै यस योजनामा मलेसिया, जापानलगायत विश्वको विभिन्न मुलुकबाट आइ पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सेवाग्राहीलाई कम्पनीले अनुरोध गरेको छ । उक्त योजना असोज १५ गतेदेखि सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ ।

 

2 thoughts on “आई पे ल्यायो ‘आई पे आयो, दक्षिणा पायो’ अफर, १ लाख रुपैयाँ जित्ने मौका

  1. Rajkishor Bahardar says:

    Ramro

  2. Rajkishor Bahardar says:

    I agree it

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*