नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागि भइ बचत जम्मा गराउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो ।
उक्त समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका हुुन् ।
नागरिक पेन्सन योजनामा बैदेशीक रोजगारीमा रहेका नेपाली नागरिकलाई आबद्ध गरी ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको प्रावधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्ध गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।
उक्त सफ्टवेयर अन्तर्गत बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई पेन्सन योजनामा सहभागी र रकम जम्मा गर्न सरल र सहज हुने कोषले जनाएको छ ।