सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो
२२ आश्विन २०७८, शुक्रबार १२:२१

काठमाडौं । नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। आज सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ५ सय ले बढेको सुनको मूल्य शुक्रवार २ सय ले बढेकोे हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५०रुपैयाँ मा कारोबार भएको छ । यस्तै, शुक्रवार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीवार प्रतितोला१ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार पनि सोहि मूल्यमा कारोबार भएको छ।