थप २८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
२२ मंसिर २०७८, बुधबार १६:४८
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार आज ९ हजार १६८ जनामा पीसीआर परीक्षण गर्दा २५५ जनामा र ३ हजार ६ जनामा एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने ३६६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार २३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।