बीमा समितिद्धारा विवादित निर्देशनबारे अध्ययन कार्यदल गठन

२३ मंसिर २०७८, बिहीबार १५:५९

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धि विवादित निर्देशनबारे अध्ययन गर्न कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बीमा समिति स्रोतका अनुसार नेपाल बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री सदस्य सहित रहेको कार्यदल गठन गरिएको  जनाइएको छ । यद्यपी समितिले औपचारिक रुपमा भने जानकारी गराएको छैन । स्रोतका अनुसार बीमा समितिले हिजो नै सो सम्बन्धि कार्यदल गठन गरेको हो ।

बीमा समितिले मंसिर ९ गते एक पुनर्बीमा व्यवसाय सम्बन्धि निर्देशन जारी गर्दै  सबै बीमा कम्पनीलाई अनिवार्य रुपमा पुनर्बीमा व्यवसाय  दिन भनेको थियो ।

सो निर्णयको विरुद्धमा सिंगो बीमा क्षेत्र आन्दोलित भएपछि बीमा समितिले आन्दोलन मत्थर पार्ने रणनीति अनुरुप कार्यदल गठन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*