सुन तोलामा १ सय रुपैयाँले घट्यो ,कति छ प्रतितोला ?

२४ मंसिर २०७८, शुक्रबार १२:४७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*