सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२६ मंसिर २०७८, आईतवार १२:२४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*