थप २५४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

२६ मंसिर २०७८, आईतवार १६:५७

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ६८२ जनामा पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ४१४ जनामा एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ८९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*