सुन र चाँदी दुवैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
२७ मंसिर २०७८, सोमबार १२:००
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुन सोमबार भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै , आइतबार प्रतितोला १ हजार १९० रुपैंयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।