पाँचथर पावरको अध्यक्षमा राजेश कुमार श्रेष्ठ मनोनयन

७ पुष २०७८, बुधबार १२:४०

काठमाडौं । पाँचथर पावर कम्पनीका अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा पुष २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उक्त बैठकले उनको राजिनामा साउन १० गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो । साथै आगामी बाँकी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा संचालक राजेश कुमार श्रेष्ठलाई मनोनयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*