शुक्रबार सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
४ चैत्र २०७८, शुक्रबार ११:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । तिनदिन देखि लगातार घटेको सुनको मूल्य बिहिबार भने ५ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि सुन सोहि मूल्य कारोबार भइरहेको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












