सुनको मूल्य तोलामा ९ सयले घट्यो, प्रतितोला कति ?
१३ बैशाख २०७९, मंगलवार ११:४६
काठमाडौं । सोमबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरी तोलामा ९ सय रुपैयाँले घटेको छ । सुनको मूल्य क्रमिक रुपले घट्दै गइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले घटेर छापावाला सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ७०० रपैयाँ रहेको थियो ।
त्यस्तै, सोमबार १३५० रुपैयाा खरिदबिक्री भएको चाँदीको मूल्य भने आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।