सुनको मूल्य २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
१८ बैशाख २०७९, आईतवार ११:४६
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा २ सयले घटेर आजका लागि छापावाला सुन ९९ हजार रुपैयाँ र तेजावी सुुन ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबारको दिन छापावाला सुन तोलामा ९९ हजार २०० रुपैयाँ र तेजावी सुन ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २० रुपैयाँले घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।