चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई निर्वाचन आयोगले पुरस्कार प्रदान गर्ने

१८ बैशाख २०७९, आईतवार १४:४६

काठमाडौं । निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघ/संस्थालाई आयोगले नगद पुरस्कार दिने भएको हो । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गरी २० देखि ५० लाखसम्म भ्युज पुयाउनेले यो प्रतियोगितामा भाग लिन पाउने भएका आयोगले बताएको छ ।

आज एक सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार, ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार नगद पुरस्कार दिने जानकारी दिएको छ ।
त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् । आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, शेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*