आईओसीले निगमलाई तेलको मूल्य पुनः बढाएर पठायो, कुनको मूल्य कति ?
१८ बैशाख २०७९, आईतवार १९:२८
काठमाडौंं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य पुनः बढाएर पठाएको छ ।
निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ ।