आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?
२५ बैशाख २०७९, आईतवार ११:३७
काठमाडौं । आईतबार ६ सय रुपैयाँले छापावाल सुनको मूल्यमा वृद्धि भएको छ । गत शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघको अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको एक हजार २८५ रुपैयाँ कायम भएको छ ।