राजस्व अनुसन्धान विभागले तीन जनाविरूद्ध उच्च अदालत पाटनमा गर्यो मुद्दा दायर

२६ बैशाख २०७९, सोमबार १७:४०

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागल कर छलीको आरोपमा ३ जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।काठमाडौं महानगरपालिका–२७ मा रहेको श्री अन्तरा इन्टरनेसनलका सञ्चालकसहित गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

अन्तराले कर छली गर्ने उद्देश्यअनुसार झुटा र नक्कली भ्याट बिल बनाई आयकर ऐन तथा मूल्य अभिवृद्धि करका साथै ऐन तथा नियमबमोजिम कर नतिरेको विभागले जनाएको छ ।
मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख ४५ हजार ३११ रुपैयाँ र आयकरतर्फ ६ करोड ३ लाख ३२ हजार २४३ रुपैयाँ गरी कुल ८ करोड ५३ लाख ७७ हजार ५५४ को शतप्रतिशत जरिवानासहित कुल हुन आउने १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ मागदाबीसमेत गरको विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*