यस कारण रोकियो चितवनको भरतपुर महानगरपालिकामा मतगणना
१ जेष्ठ २०७९, आईतवार १५:५९
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना गर्न रोकिएको छ। मतगणना गर्न क्रमममा सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ ।स्वतिक चिन्ह्रमा लगाएको छाप मधुरो देखिएपछि सदर गर्ने वा बदर गर्ने भन्ने बिषयमा विवाद सुरु भएर रोकिएको हो ।