सरकारले भन्यो, ‘बाढी प्रभावित क्षेत्रमा ९ जनाको शव फेला’
१० भाद्र २०८३, बुधबार १६:०८

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले प्रभावित क्षेत्रबाट ९ वटा शव सङ्कलन गरेको सदनलाई अवगत गराए ।
मन्त्री खनालले फेला परेका शवहरूको हालसम्म सनाखत हुन नसकेको बताए । उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन । सनाखतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।’









