हेटौडा उपमहानगरपालिकामा नो भोट लेखिएको मतपत्र भेटियो

३ जेष्ठ २०७९, मंगलवार १७:२२

काठमाडौं। हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् । यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*