विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति, सयौं बेपत्ता, नेपाल सेनाद्वारा उद्धार सुरु

१० भाद्र २०८३, बुधबार १०:५५

काठमाडौं । आज विहानै चीनतर्फबाट भोटेकोशी नदिमा आएको बाढीका कारण नेपालको रसुवा जिल्लामा ठुलो धनजनको क्षति हुन पुगेको छ । रसुवा जिल्लाका गोसाईकुण्ड गाउँपालिका र उत्तरगयाँ गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

नेपाली सेनाका प्रबक्ता राजाराम बस्नेतले तत्कालै उद्धार सुरु भइसकेको जनाएको छ । घटनाबारे जानकारी पाउने वित्तिकै नेपाली सेनाको ३ वटा हेलिकोप्टर घटनास्थलतर्फ उडिसकेका छन् । अन्य निजि हेलिकोप्टरहरु परिचालन गर्न सरकारले पहल सुरु गरिसकेको छ ।

हिलो, लेदोसहित आएको बाढीबाट रसुवा भन्सार कार्यालयमा खटिएका कर्मचारीहरु, प्रहरी, यात्रु, शसस्त्र प्रहरीहरु समेतलाई बगाएको छ । बाढीबाट गोसाईकुण्डको २, ५ र उत्तरगयाको ४ र ५ ठुलो मानवीय क्षति भएको छ । नदिको तल्लो तटीय क्षेत्रका बासिन्दाका सयौं घर, गोठहरु खेत समेत बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरत भइरहेको छ । बाढीका कारण घटनाग्रस्त क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ ।

गोसाईकुण्ड गाउँपालिका वडा नं ५ का सदस्य लाक्पा लामाले एक हाईड्रो कम्पनीमा कार्यरत युवाहरु फसिरहेकोले तत्कालै हेलिकोप्टर आवश्यक भएको जानकारी दिए । उनले बाढीमा कति मानिसलाई बगायो भनेर गणना गर्ने कार्य भइरहेको बीमापोष्टलाई जानकारी दिए ।

भिषण बाढीका कारण कैयौं मानिसहरु भाग्न समेत नभएकोले धेरै मानिसहरु बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । सैनिक जनसम्पर्क कार्यालयले तल्लो तटीय क्षेत्रका जनतालाई सबैले सचेत गराउन आह्वान गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*