एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो, सबै कर्मचारी सकुशल
१० भाद्र २०८३, बुधबार ११:३७

काठमाडौं । आज विहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै शाखामा कार्यरत कर्मचारीहरु सुरक्षागार्ड समेत सुरक्षित रहेको बैंकले जनाएको छ ।
आज विहानै रसुवामा आएको बाढीका कारण उत्तरगया गाउँपालिका, बेत्रावतीमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालय बगाएको छ । उत्तरगया गाउपालिकाका अध्यक्ष माधव अर्यालले दिएको जानकारी अनुसार बेत्रावती बजारमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालय समेत बगाएको छ ।
क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ । त्यस्तै, स्याप्रुबेसी शाखा कार्यालय समेत बगाएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले सबै कर्मचारीहरु सकुशल रहेको जानकारी बीमापोष्टलाई दिएका छन् ।
*अपडेट गरिएको ।









