हिमालयन बैंकको बेत्रावती शाखा कार्यालय बाढीले बगायो, अवस्था अज्ञात, केन्द्रीय कार्यालयद्वारा उद्धारमा वेवास्ता

१० भाद्र २०८३, बुधबार ११:११

काठमाडौं । रसुवामा आज आएको बाढीले हिमालयन बैंकको शाखा कार्यालय बगाएको छ र कर्मचारीहरुको अवस्था अज्ञात छ । बैंकको यति ठूलो घटना हुँदा पनि सिइओ अशोक राणा बेखवर छन् भने केन्द्रीय कार्यालय समेत थाहा नपाए झै कानमा तेल हालेर बसिरहेको छ ।

बाढीका कारण उत्तरगया गाउँपालिकाका दुई वटै भवन बगाएको छ । गाउँपालिकाका अध्यक्षसहितका दुई तीन जना मात्रै कर्मचारीहरु भागेर ज्यान जोगाउन सफल भएका छन् भने अन्य केही कर्मचारीहरुलाई बगाएको उपाध्यक्ष चमेली गुरुङले जानकारी दिईन । उपाध्यक्ष गुरुङका अनुसार हिमालयन बैंकको शाखा कार्यालय पनि बगाएको छ ।

उता, बैंकको शाखा कार्यालय बगाउँदा पनि उद्धारमा खटिनेबारे हिमालयन बैंकले कुनै प्रतिक्रिया दिन मानेन । सिईओ अशोक राणा मोबाइल सम्पर्क नहुने बनाएर बसेका छन् । त्यस्तै, सूचना अधिकारी सुनिल प्रसाद गोर्खाली पनि मोइबाल कर्मचारीलाई उठाउन दिएर बैठकमा बसिरहेको भन्दै सम्पर्कमा आउन चाहेनन् । फोन उठाउने महिला कर्मचारीले मिटिङमा व्यस्त भएकोले पछि कल ब्याक गराउने भन्दै वेवास्ता गरिन् । सूचना अधिकारी र सिईओ नै सम्पर्क विहिन भइरहँदा उता, रसुवामा भने बैंकको शाखा कार्यालय नै बाढीको चपेटामा परेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*