रसुवाको बाढीबाट बीमा र बैंक, हाईड्रोपावर कम्पनीमा कति क्षति पुग्यो ?

१० भाद्र २०८३, बुधबार १२:२६

काठमाडौं । रसुवामा आएको बाढीले त्यहा रहेका बीमा, बैंक र हाईड्रोपावर देखि सम्पूर्ण कार्यालयहरु सम्र्पक विहिन भएको छ ।

बीमा र बैंकको कार्यालयहरुमा कति क्षति आएको छ भन्ने बिषयमा एकिन जानकारी भईसकेको छैन । हाईड्रोपावरको बिषयमा भने उर्जा मन्त्रालयले तथ्यांक संकलन गरिरहेको छ।

रसुवामा रहेका एक निर्जिवन र दुई जीवन बीमा कम्पनीहरुको शाखा सम्र्पक विहिन भएको छ भने कर्मचारीहरु भने सम्र्पकमा आईरहेको बीमा कम्पनीका सिईओहरु बताँउछन् ।

रसुवाको घुम्तीमा रहेको शिखर इन्स्योरेन्सका कर्मचारीहरु सम्र्पकमा रहेको कम्पनीका सिईओ दिप प्रकाश पाण्डेले बीमापोष्टलाई जानकारी दिएका छन् । संकटको घडीमा कार्यालयको भैतिक अवस्था भन्दा कम्पनीलाई कर्मचारीहरु सुरक्षित रहेस् भन्ने हाम्रो कामना हो भन्ने जवाफ उनले दिए । शाखा कार्यालयमा भने सम्र्पक नभएको उनले बताए ।

बाढी गएको क्षेत्रमा बैंकहरुका ९ वटा शाखा रहेकाबैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए

उनका अनुसार ती क्षेत्रमा रहेका बैंकका कार्यालयमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।

त्यस्तै, एशियन र नेपाल लाइफको शाखा कार्यालयमा पनि शाखा कार्यालयमा सम्र्पक हुन नसकेको तर कर्मचारीहरु भने सुरक्षित रहेको कार्यालयको स्रोतका अनुसार बुझिएको छ ।बैंकको आधारमा हेर्ने हो भने एनआईसी एशिया बैंक र हिमालयन बैंकको शाखा कार्यालय भने बाढीले बगाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। हाल बैंक, बीमा र हाईड्रोपावर लगायत रहेका कम्पनीमा कति क्षति पुग्यो भन्ने एकिन जानकारी नआईसकेको तर कर्मचारीहरुसँग भने कतिपय कम्पनीहरुसागष् सम्र्पक भईरहेको जनाइएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ।बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*