महानगर अपडेट: बालेन अघिअघि, केशव पछिपछि

४ जेष्ठ २०७९, बुधबार १३:५१

काठमाडौं । महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह नै अग्रस्थान रहेको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८३३ मत सहित तेस्रो स्थानमा छन्। हालसम्म काठमाडौंका वडा नम्बर १, २, ३ र ५ वडाको मत गणना सकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*