भारतमा जाने श्रमिकको पनि अनिवार्य बीमा गर्न बजेटमा सुझाव

४ जेष्ठ २०७९, बुधबार १९:४७

काठमाडौं । बीमा समितिले वैदेशिक राजगारीमा अनिवार्य बीमा गरेजस्तै भारतमा जाने श्रमिकहरुलाई बीमा गर्न व्यवस्था लागु गर्न सुझाव दिएको छ ।

हाल सरकारले गरेको वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य बीमाको कारण बीमाको दायरा विस्तार भएको भन्दै छिमेकि मुलुक भारतमा जाने श्रमिकहरुको पनि अनिवार्य बीमा गर्न सुझाव दिएको हो ।

भारतमा जाने श्रमिकको अनिवार्य म्यादी जीवन बीमा गर्ने व्यवस्था गर्न, भारतमा जाने श्रमिकको लागि छुटै बीमालेख तयार गर्न समितिले बजेटका लागि पेश गरेको छ।

समितले हाल लाखौं नेपालीहरु भारतमा श्रमको लागि जाने हुँदा उनीहरुलाई बीमाको दायरामा ल्याउन सके थप सहयोग पुग्ने हुँदा यसलाई अनिवार्य गर्न सुझाव दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*