मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले लिए नेवारी भाषामा सपथ

१६ जेष्ठ २०७९, सोमबार १४:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सपथ ग्रहण गरेको छन् । आज राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साह र डंगोलले सपथ लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगरको मेयरमा निर्वाचित साहले नेपाली भाषमा सपथ लिएपछि नेपाल भाषमा समेत सपथ पढेका हुन् ।

त्यस्तै, उपमेयर डंगोलले भने नेवारी भाषामा समेत सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यष, वडा सदस्यहरुलाई पनि सपथ ग्रहण गराइएको थियो ।

सपथ ग्रहणपछि मेयर साह र उपमेयर डंगोलले सोमबार कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*