एनआरएनए अमेरिकाको विवाद समाप्त, यस्तो भयो सहमति

२३ जेष्ठ २०७९, सोमबार १०:३३

काठमाडौं । केही समयदेखि एनआरएनए अमेरिकामा देखिएको दोहोरो संस्थाको विवाद समाप्त भएको छ । अध्यक्ष बुद्धी सुवेदी र कृष्ण लामिछानेबीच आइतवार ६ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्ने, पंजीकृत सदस्य बनाउने प्रकृया तत्काल स्थगन गर्ने, विधान संशोधन गर्ने, सदस्यता शुद्धीकरण गर्ने, एनआरएनका बर्तमान समितिहरु आवश्यकता अनुसार समायोजन वा पुनर्गठन गर्ने एवं एकता अधिवेशन गर्ने लगायतका विषयमा सहमति भएको थियो ।

दुवै पक्षमा रहेका मध्यस्थकर्ताहरु लगायत एनआरएनएको एकता चाहने सवैलाई दुई संस्थाको विवाद सकिएसँगै थप उत्साह मिलेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*