तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् : प्रदीप ज्ञवाली

२२ श्रावण २०७९, आईतवार १३:३६

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*