उद्योगी सुमार्गी च्याउ किसान संघद्धारा सम्मानित

२२ श्रावण २०७९, आईतवार १७:०३

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी च्याउ किसानद्धारा सम्मानित भएका छन् ।

मकवानपुरका उद्योगी, नेपाल उद्योण बाणिज्य महासंघका केन्दिय सदस्य समेत रहेकका सुमार्गीलाई मकवानपुर च्याउ उत्पादक किसान संघले सम्मान गरेको हो ।
हेटौडामा आयोजित सम्मान कार्यक्रममा सुमार्गीलाई संयुक्त राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर सरकारी पर्यवेक्षक संस्था (इम्साम) को बिशिष्ठ अवैतनिक सल्लाहकारमा नियुक्त भएको अवसरमा सम्मान गरेको संघका अध्यक्ष डोरमणी अधिकारीले बताए ।

कार्यक्रममा सम्बोधनन गर्दै सुमार्गीले च्याउ उत्पादनलाई नयाँ नयाँ उत्पादन र प्रविधिको प्रयोग गरेर अगाडी बढाउनुपर्नेमा जोड दिए । हेटौडाको थानाभर्याङमा छ बिगाह जग्गामा बृहद कृषि फार्म सञ्चालन गरेका सुमार्गीलाई कृषि पेशामा थप उर्जा प्रदान गर्न सम्मानित गरिएको संघले जनाएको छ ।

सम्मान कार्यक्रममा च्याउ उत्पादक किसान संघका केन्द्रिय सदस्य निरज पुडासैनी,जिल्ला अध्यक्ष डोरमणी अधिकारी, सचिव प्रेरेति सुवेदी, सदस्यहरु अरुण तिमल्सिना, लक्ष्मी खत्री,बबिता खतिवडा,मनोज खेम्करलगायतको उपस्थिती रहेको थियो । सम्मानपछि सुमार्गीले च्याउ उत्पादनलाई व्यवसायिक र गुणस्तरिय बनाउनुपर्नेमा जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*