ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
१९ भाद्र २०७९, आईतवार ११:११

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय १० रुपैयाँ कायम भएको छ ।
शुक्रवारका दिन नेपाली बजारमा सुन प्रतितोला १ सय रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको थियो ।