स्वास्थ्य बीमाको सुविधा लिन शनिश्चरे अस्पतालमा बिरामीको घुँईचो, ९० प्रतिशत बिरामी बीमाबाट उपचार गराउँदै

२० भाद्र २०७९, सोमबार १४:११

काठमाडौं । झापाको शनिश्चरे अस्पतालमा ९० प्रतिशत बिरामी स्वास्थ्य बीमाकै कारणले अस्पतालसम्म धाउने गरेका छन् । दैनिकजसो साढे ४ सय देखि ५ सयसम्म बिरामीहरु आउने यस अस्पतालमा ९० प्रतिशत बिरामीहरु स्वास्थ्य बीमाकै कारण अस्पतालसम्म आउने गरेको अस्पताल प्रमुख बताँउछन् । स्वास्थ्य बीमा बोर्डले उचित समयमा नै दाबी भुक्तानी दिन नसक्दा सरकरी अस्पतालहरु समस्यामा परेको उक्त क्षेत्रका दर्ता सहयोगीहरु बताँउछन् ।

झापाको बुद्धशान्ति, अजुनधारा वितामोर्ड, मेचीनगर र इलामबाट पनि स्वास्थ्य बीमामा आवद्ध बीमितहरुको प्रथम सेवा विन्दु बनेको शनिश्चरे अस्पतालमा दिनँहुजस्तो स्वास्थ्य बीमाको बीमितहरुको उपचार गराउने सङख्या नै बढी रहेको अस्पतालको भनाई छ।

१३ सय बढी औषधी हाल स्वास्थ्य बीमामा आवद्ध बीमितहरुले पाउने गरेका छन् । सामान्य फार्मेसीमा भन्दा बीमाको फार्मेसीमा बिरामीको सङख्या बढी हुने गरेको जनाएको छ। एक बर्षमा अस्पतालले १३ करोड २२ लाख पाईसकेको छ भने बाँकि रकम भने आईसकेको छैनन् ।

सरकारी स्वास्थ्य सेवामा किन जाने भन्ने भ्रम रहेको छ, त्यसलाई शनिशचरे अस्पतालले तोडेको छ । सरकारी स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नपाँउने कारणले गर्दा कम आकर्षित हुने भन्ने धारणा यस अस्पतालले तोडेको छ । यहाँ आउने बीमितहरु स्वास्थ्य बीमा सेवाबाट सन्तृष्टि भएको बिरामीहरुको धारणा रहेको छ ।

स्वास्थ्य बीमालाई चलाउने जान्यो भने सरकरी अस्पतालमा पनि बिरामीहरुको घुईचो लाग्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएको छ शनिशचरे अस्पताल झापा जिल्लाबाट मात्रै यो अस्पतालमा बीमाको कारण दिनँहु भिड लाग्ने गरेको छ।

पछिल्लो समय भने बीमाको नविकरण गराँउनेको सङख्या घटेसँगै अस्पतालमा आउने बिरामीको सङख्या घटेको अस्पतालले जनाएको छ।पूर्वका तीन अस्पतालहरुमा स्वास्थ्य बीमा बन्द हुन थालेसँगै अस्पतालहरुमा बीमा नविरकण गाउनेको सङख्या घट्दै गएको देखिएको छ । एमआरआई सुविधा भएका अस्पतालहरुमा नै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन थालेसँगै नविकरण गराउनेको सङख्या घटेको झापाका दर्ता सहयोगीहरु बताँउछन् ।

सरकारी अस्पतालहरुबाट निजिमा रिफर गर्ने हुँदा हाल निजिहरुले उक्त सेवा बन्द गर्दा झापाका बीमितहरु मारमा परेको दर्ता सहयोगीहरु बताँउछन् । जसको असर स्वास्थ्य बीमा नविकरणमा देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*