एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक

२१ भाद्र २०७९, मंगलवार १३:१५

काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडी हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोमा दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम् बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश दिएको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडी बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*