राष्ट्रिय बीमा कम्पनीको सिईओ ओझालाई पुन: फिर्ता बोलाउने अर्थमन्त्रालयको तयारी

२१ भाद्र २०७९, मंगलवार १७:३५

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ओझालाई पुन : फिर्ता बोलाउने तयारी गरेको छ ।अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले सो मन्त्रालयका उपसचिव ओझालाई छ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त गरेको थियो । पाँच महिनाको कार्यकाल पूरा भईसकेको छ। गत चैत १५ गते ओझालाई राष्ट्रिय बीमा कम्पनीको सिईओमा नियुक्त गराएको थियो ।

राष्ट्रिय बीमा कम्पनीमा बढी राजनितिक चलखेल हुने भएको कारण ओझालाई पुन फिर्ता बोलाउने तयारी भईरहेको अर्थमन्त्रालयले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*